शेयर बजारका लगानीकर्ताले १२ अर्ब गुमाए, अत्यावश्यक नपरी शेयर विक्री नगर्न कार्यदलको आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर बजारका लगानीकर्ताले १२ अर्ब गुमाए, अत्यावश्यक नपरी शेयर विक्री नगर्न कार्यदलको आग्रह



काठमाडौं । शेयर बजारका लगानिकर्ताले १२ खर्ब गुमाएका छन् । पुजी बजार सृदृढिकरण बृहत कार्यदलले एक प्रेस विज्ञप्ति जारी गदै ४७ लाख भन्दा धेरै डिम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढि गुमाएको जनाएको छ ।

संघले यस्तो प्रतिकुल अवस्थामा लगानिकर्तालाई संयमित भएर कारोबार गर्न र अत्याबश्यक नपरि शेयर विक्री नगर्न लगानिकर्ताहरुलाई अपिल गरेको छ ।
अर्थमन्त्रालय र अन्य सरोकार वाला निकायले ३ वर्ष अघिनै गर्छु भनेको ४८ बुदेका बाँकी कामहरु पुरा नहुदा तथा यसविचमा भएका कतिपय नितिगत परिवर्तनका कारणले पुजी बजारमा गंभीर संकट आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले शेयर धितो कर्जाको सिमा तत्काल हटाउन, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्ने र ५८ बुदाका बाकि कामहरु तत्काल गर्नको लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसंग जोडदार माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्