सुन र चाँदी दुबैको मुल्य बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन र चाँदी दुबैको मुल्य बढ्यो



काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

मंगलबारका लागि सुन तोलाको ९२ हजार ८ सय र चाँदी १२ सय १० रुपैयाँ प्रतितोला भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबारका तुलनामा ३ सय बढ्दा आइतबार सुन ९२ हजार ५ सय भएको थियो । ५ रुपैयाँ बढ्दा चाँदी प्रतितोला ११ सय ९० भएको थियो । सोमबार मूल्य स्थिर थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७८७.०२ डलर र चाँदी २२.२६ डलर छ।


प्रतिक्रिया दिनुहोस्