मल्टीपपर्स फाइनान्सले १३.५२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । मल्टीपपर्स फाइनान्सले १३ प्रतिशत भन्दा बढी लाभांश दिने प्रस्ताव गरेको छ ।
फाइनन्सको मंसिर २८ गते बसेको संचालक समितिको ३८८ बैठकको निर्णयले शेयरधनीका लागि १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
फाइनान्सले गत आर्थिक वर्षको नाफा र शेयर प्रिमियमबाट चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो ।
उक्त लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन् ।













