सामान्य अंकले अङ्कले घट्यो नेप्से , ४ अर्ब ५८ करोडको कारोबार
काठमाडौँ । साताको चौथो दिन आज बुधवार शेयर बजार सामान्य अङ्कले ओरालो लागेका छ । यस दिन उतार चढावका बिच शेयर बजार ४.२३ अङ्कले ओरालो लागेर बजार बन्द भएको छ । आज बिहान २४८९.०९ अंकमा खुलेको बजार उच्चार चढावका बिच २४१४.६२ अंकमा आइपुगेर बजार बन्द भएको छ ।
हिजो मंगलबार शेयर बजारमा दुई पटक सकारात्मक सकिर्टलागेपछि निधा रीत समय अगाडी नै शेयर कारोबार बन्द गरिएको थियो । तर यस दिन बजार ४ अङ्कले घटेको छ । मङ्गलवार १३७।१८ अङ्कले बढेर नेप्से परिसूचक २४१८.८५ अंकमा पुगेर बजार बन्द भएको थियो ।
यस दिन बजारमा शेयर कारोबार रकम भने उकालो लागेको छ । हिजो १ अर्बको मात्र शेयर कारोबार भएकोमा आज बढेर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ७८ रुपैयाँको कारोबार भएको छ ।
आज बैकिङ, होटेल एन्ड टुरिजम, अन्य, माईक्रोफाईनान्स, जीवन बिमा समूह बाहेकका लगानीकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि होटेल एन्ड टुरिजम समूहका लगानीकर्ताले गुमाएका छन् ।
















