राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पौष १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो ।
भट्ट दोश्रो पटक राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी नियमन विभागका प्रमुख रहेका देबकुमार ढकाललाई दिईएको थियो ।












