१८४ जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१८४ जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो



काठमाडौं । १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनामा गरिएको परिक्षणमा थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६७ जना निको भएका छन् । भने २ जनाको ज्यान गएको छ । हाल देशभर ५ हजार ५ सय २६ जना संक्रिय संक्रमित रहेका छन् ।

हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख २५ हजार १ सय ७६ जना पुगेको छ । जसमा ८ लाख ८ हजार ३० जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५ सय ६७ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्