तोलामा एक हजारले बढ्यो सुनको मुल्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तोलामा एक हजारले बढ्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९२ हजार ५ रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्