महिला रोग सम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको केन्द्रविन्दु बन्दै एभरेष्ट अस्पताल
काठमाडौं । विगत २० बर्षदेखि एभरेष्ट अस्पतालले विभिन्न विरामीलाई सेवा दिदै आएको छ । एभरेष्ट अस्पताल स्त्री रोग सम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको प्रथम केन्द्रबिन्दुको रुपमा बन्न पुगेकोे छ ।
ल्याप्रोस्कोपी सर्जरी भनेको पेटमा स–साना घाउ बनाई दूर्बिनको सहायताबाट तल्लो पेटका भित्री अंगका समस्या हेर्ने र उपचार गर्ने बिधि हो । पछिल्लो समय एभरेष्ट अस्पतालबाट दुर्बिन मार्फत गरिने स्त्री रोगको उपचार ल्याप्रोस्कोपी विधीबाट सञ्चालनमा आए सँगै उपत्यका भित्र र बाहिरका विरामीहरुको लागि प्रथम रोजाई बन्न पुगेको छ । गत भाद्र महिनाबाट सञ्चालनमा आएपछि यसमा ल्याप्रोस्कोपी गाइनोलोजिस्ट विशेषज्ञ डा.राजन शाह र उनको नेतृत्वको टिमले गत भाद्र महिना देखि सफल सल्याक्रिया गर्दै आएका छन् ।
अस्पताल प्रशासनका अनुसार यस प्रविधीबाट देशको पुर्वदेखी सुदुरपश्चिमसम्मका बिरामी आएर शल्यक्रिया गराएका छन् । गएको महिनाको तथ्याङ्क हेर्दा मंसिर महिनामात्रै ३२ विरामीले दुर्बिनको माध्यमबाट स्त्री रोग सम्बन्धी सफल सल्याक्रिया गराएका छन् ।
ल्याप्रोस्कोपीका विधिबाट सल्यक्रिया गराउँदा एक सेन्टिमिटर र आधा सिन्टिमिटरका स–साना प्वाल मात्र बनाइ सल्यक्रिया गरिन्छ । यसबाट बिरामीलाई दुखाई महसुस एकदमै कम हुने र बिरामीको शरिरबाट रगत एकदम कम खेर जाने गर्दछ ।
त्यस्तै, अन्य फाइदाहरुमा घाउ सानो हुने भएकोले चाडै सञ्चो हुनुको साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । यस सल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ । यसर्थ चाँडै आफनो दैनिक काममा फर्कन सक्छन् ।
यसका साथै एभरेष्ट अस्पतालमा महिलाहरुको समस्याको गरिने सल्यक्रियाहरु, पाठेघरमा मासु पलाएको निकाल्ने सल्याक्रिया, पाठेघर निकाल्ने सल्यक्रिया, अण्डा वा डिम्बासयमा सिस्ट पलाएको सल्यक्रिया, बाजोपन वा नली बन्द भएको गर्ने लगायत महिलासंग जोडिएका थुप्रै समस्याको उपचार तथा सल्यक्रिया दुर्बिनमार्फत गरिन्छ ।













