२२० जनामा कोरोना संक्रमण पुष्टि, २६३ जना निको भए
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४१ जनामा परिक्षण गर्दा थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्ल्लो २४ घण्टामा २ सय ६३ जना कोरोना भाइरस निको भएका छन् । हाल देशभर ५ हजार २ सय २५ जना संक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा थप १ जनाको १ जनाको ज्यान गएको छ ।
हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ८ लाख २५ हजार ९ सय ९४ पुगेको छ । जसमा ८ लाख ९ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार छ सय ७४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।














