सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।













