हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न



काठमाडौं । युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारणसभाको मुख्य उद्धेश्य रहेको थियो ।

उक्त साधारण सभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहनु भएका बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो ।

संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि शुरु गरेको छ । कार्यक्रमको बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले भने , “हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिनु हुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै–धेरै आभारी छ । हामी अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गर्छौं र उनीहरुको लागि एक प्ल्याटफर्म बन्न चाहन्छौँ । हाम्रो संस्थाको उद्देश्य भनेको अरुको बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउनु हो – र हामी यस्तो परिवर्तन गर्न चाहन्छौँ जुन पहिले भन्दा धेरै आवश्यक छ । हाम्रो संस्थाले कोही नभएकाहरूको लागि आवाज दिन्छ ।”


प्रतिक्रिया दिनुहोस्