करियर फेस्ट कार्यक्रमको तेस्रो संस्करण राष्ट्रिय सभा गृहमा सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

करियर फेस्ट कार्यक्रमको तेस्रो संस्करण राष्ट्रिय सभा गृहमा सम्पन्न



काठमाडौं । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले वार्षिकरुपमा आयोजना गर्दै आएको करियर फेस्ट कार्यक्रमको तेस्रो संस्करण राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो चरणमा २० कलेजहरुले विद्यर्थिहरुलाई नेपाल मै उच्च शिक्षा हासिल गर्न काउन्सिलीङ गरेका छन्।

उक्त सत्रको उद्घाटन नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले गरे जसमा टेक्सास, प्रेसिडिन्सियल् लगायतका कलेजका प्रधानाध्यापक पनि थिए।

नेता पौडेलले विद्यार्थीहरुले विभिन्न बिदेशी विश्वविद्यालयहरूले पनि नेपाल मै पाठ्यक्रम संचालन गरेकाले नेपाल मै पढ्नु पर्नेमा जोड दिए।

दोस्रो चरणको सेमिनारमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पानसमा बत्ती बालेर सत्रको उद्घाटन गरे।

प्रमुख अतिथि लगायतका सम्पूर्ण बक्ताहरुले आ(आफ्नो विद्यार्थी जिवनका सुख र दुखका क्षण सुनाउँदै सम्पूर्ण बिद्यार्थीहरुले मिहिनेत गरि नेपाल मै पढेर देशलाई योगदान गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्