१३ प्रतिशत लाभांश पारित गर्न गुडविल फाइनान्सको साधारणसभा आह्वान, बुकक्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१३ प्रतिशत लाभांश पारित गर्न गुडविल फाइनान्सको साधारणसभा आह्वान, बुकक्लोज कहिले ?



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको पौष ६ गते, बसेको सञ्चालक समितिको बैठकले चौधौँ वार्षिक साधारण सभा पौष २९ गते विहिबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजे बोलाएको हो ।

सभामा गत आर्थिक वर्ष गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले वित्तीय संस्थाको जारी तथा पूँजी संशोधन गर्नेछ ।

त्यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्