सुनको मुल्य घट्यो, चाँदीको मुल्य १० रुपैयाँले बढ्यो
काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ४०० रुपैयाँले घट्दा चाँदीको भाउमा भने १० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजावी सुनको भाउ ९२ हजार १०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५०० सय रुपैयाँ र चाँदीको मूल्य १ हजार २३५ रुपैयाँ तोकिएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.५३ डलर आसपासमा कारोबार भइरहेको छ ।













