एनएमबि लघुवित्तको २२.६३ प्रतिशत लाभांश पाउन आज शेयरधनी बन्नुपर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनएमबि लघुवित्तको २२.६३ प्रतिशत लाभांश पाउन आज शेयरधनी बन्नुपर्ने



काठमाडौं । एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ९ गतेदेखि पौष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैल, पौष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको लाभांश तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारण सभा पौष २६ होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।

लघुवित्तको सभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश गरी कूल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७७–०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आव २०७७–०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आव २०७८–७९ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, बोनश शेयर जारी पश्चात वित्तीय संस्थाको जारी पुजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरि संस्थाको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाले नेपाल राष्ट्र वैकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने–गाभिने वा प्राप्ति र सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनकालागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने–गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्