३१ भदौ २०८३, बुधबार

नेरुडे मिर्मिरे लघुवित्तको सीईओको जिम्मेवारी मीनबहादुर बोहरालाई



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मीनबहादुर बोहरा नियुक्त भएका छन् ।

मंगलबार बसेको सञ्चालक समितिको ४०५औँ बैठकले लघुवित्तकाे सीईओमा बोहरालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको यो कार्यकाल आगामी असोज १ गतेदेखि लागू हुनेछ। बनेपा, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको नेरुडे मिर्मिरे लघुवित्त नेपालको केन्द्रीय बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी मुलुकभर राष्ट्रिय स्तरमा वित्तीय सेवा प्रवाह गर्दै आएको एक प्रतिष्ठित लघुवित्त संस्था हो।