शुक्रबार थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनामा पीसीआर परीक्षण गर्दा २ सय २७ जना र ३ हजार ८ सय ३८ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जना गरी जम्मा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ जनाको मुत्यु भएको छ भने ३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालदेशभर ५ हजार ४८ जना संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख २६ हजार ९ सय १ जना रहेका छन् । जसमा ८ लाख १० हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५ सय ८२ जनाले ज्यान गुमाएका छन् ।














