आइतबार थप २१९ जनामा कोरोना संक्रमण, २८३ जना संक्रमणमुक्त
काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ६ सय ७७ जनामा गरिएको नमूना परीक्षणमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा २ जनाको ज्यान गएको छ भने २ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९ सय ६ जना संक्रिय संक्रमित रहेका छन् । यो संगै हालसम्म कोरोेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ८५ पुगेका छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार ७ सय ८० जनाम रहेका पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप भएकामध्ये भक्तपुर ८ जना, ललितपुरमा २८ जना र काठमाडौंमा ७७ जना गरी ११३ जना काठमाडौं जिल्लामा थप भएका हुन ।














