पाईप पड्किएर २ जनाको मृत्यु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पाईप पड्किएर २ जनाको मृत्यु



काठमाडौ । थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनस्थित ८६ हाईड्रो पावर हाउसमा काम गर्ने क्रममा फलामको पाईपमा पानी हाली टेस्ट गर्दा पाईप अचानक पड्किँदा २ जनाको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका–५ बस्ने २९ वर्षीय अर्जुन थापा रहेका छन् ।

पाईप पड्किँदा गम्भीर घाइते भएका उनीहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा औरही गाउँपालिका–२ बस्ने २९ वर्षीय मो.जावेतर राईनलाई उपचारका लागि सिम्रिक हेलिकप्टद्वारा ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्