शिक्षक सेवा आयोगले माग्यो १३ हजार प्रावि शिक्षक
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ठुलो संख्यामा शिक्षक माग गरेको छ । आयोगले आज एक सुचना जारी गदै १३ हजार ९३ पदका लागि कर्मचारी माग गरेको छ ।
इच्छुक योग्यता पुगेको नेपाली नागरिकले यहि माघ १३ गतेसम्म तोकिएको दस्तुर र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ । आवेदन अनलाईन मार्फत समेत दिन सकिन्छ ।
यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खलाएको थियो ।













