दरबन्दीको ३६.९५ प्रतिशत मात्र आन्तरिक लेखापरीक्षक पदपूर्ति - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दरबन्दीको ३६.९५ प्रतिशत मात्र आन्तरिक लेखापरीक्षक पदपूर्ति



काठमाडौं । आर्थिक बर्ष २०७८/७९ का लागि ८५ जना आन्तरिक लेखापरीक्षक खटाइएको छ । आव २०७८/७९ का लागि ८५ जना आन्तरिक लेखापरीक्षक खटाइएको महालेखा नियन्त्रक कार्यालयको एकिकृत वार्षिक प्रतिवेदन सार्वजनिक गरेको सारांशमा उल्लेख गरेको छ ।

अघिल्लो महिना अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनको सारांश महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको हो । जसमा आन्तरिक लेखापरीक्षक अधिकृत ६६ जना र आन्तरिक लेखापरीक्षक सहायक १६४ जना गरी २३० जनाको दरबन्दी रहेको उल्लेख गरेको छ ।

तर त्यसमध्ये आन्तरिक लेखापरीक्षक अधिकृत १९ जना र आन्तरिक लेखापरीक्षक सहायक ६६ जना गरी ८५ जनाको पदपूर्ति भएको उल्लेख गरेको छ । जुन जम्मा दरबन्दीको ३६.९५ प्रतिशत मात्र पदपूर्ति भएको छ ।

जसमा कुल दरबन्दीको २८.७८ प्रतिशत आन्तरिक लेखापरीक्षक अधिकृतको पदपूर्ति भएको छ । त्यस्तै आन्तरिक लेखापरीक्षक सहायकको कुल दरबन्दीको ४०.२४ प्रतिशत पदपूर्ति भएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८३(१) तथा आन्तरिक लेखापरिक्षक खटाउने मापदण्ड, २०७७ बमोजिम विभिन्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरुमा रिक्त रहेका आन्तरिक लेखापरीक्षक अधिकृत र आन्तरिक लेखापरिक्षक सहायकलाई खटाइएको हो ।


प्रतिक्रिया दिनुहोस्