सुनचाँदी दुबैको मूल्य घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनचाँदी दुबैको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन तोलामा ४०० र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापवाला सुनको भाउ तोलामा तोलामा ९२ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०० डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.७० डलर आसपासमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्