पछिल्लो २४ घण्टामा २२८ जना कोरोना मुक्त, २४१ जना नयाँ संक्रमित - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पछिल्लो २४ घण्टामा २२८ जना कोरोना मुक्त, २४१ जना नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३५ जना र एन्टिजन परिक्षण गर्दा ६ जना गरि जम्मा २४१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २२८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५९० रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परिक्षण गरेका थिए भने ५६ हजार १२२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्