२३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्