आइतबार सुनको भाउ ७ सयले बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज आइतबारसुन तोलामा ७ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९३ हजार ४ सय र तेजावि सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा ६ सयले बढेको थियो । भने चाँदी १५ रुपैयाँले आरालो लागेको थियो ।
















