थप २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

थप २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ भने ८ लाख १२ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्