सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२६५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्