३२६ जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ३ सय २६ जनामा कोरोना संबmमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्बालयका अनुसार १२ हजार ४ सय ९८ जनमा गरिएको परिक्षणमा थप ३ सय २६ जनामा कोारेन संबmमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख १२ हजार ६ सय ७४ जना पुगेको छ ।
गत २४ घण्टामा २ जनाको ज्यान गएको छ भने २ सय ५५ जना निको भएका छन् । हालदेशभर ५ हजार ५ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप भएका संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ६ सय ७४ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९८ जना पुगेको छ ।














