२० भदौ २०८३, शनिबार

वेष्ट फाइनान्सले गर्यो चावहिल शाखा स्थानान्तरण



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चावहिलमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते आईतवार काठमाडौ महानगरपालिका वडा न.७, हस्पिटल मार्गमा रहेको चावहिल शाखा कार्यालय चावहिल चोक स्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडका संचालक समिति अध्यक्ष खिम लाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहक महानुभावहरुको उपस्थिति रहेको बताइएको छ ।

कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । फाइनान्सले आप्mना ग्राहकलाई डिजीटल बंैकिङ्ग सेवा लगायत अन्य आधुनिक बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाइएको छ ।