सुनको मुल्य तोलामा ६ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
हिजो सुनको मूल्य प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा ९ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।













