बैंक अफ काठमाण्डूले लयायो बिओके रेमिट बचत खाता तथा मुद्धती खाता, ११.०५ प्रतिशत ब्याजदर पाइने
काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको छ । बैंक्ले आफना विदेशमा रहेका नेपालीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ ।
“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको छ ।
विदेशमा बसि श्रम गरिरहेका ग्राहकले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्नेछन । यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउनेछन् ।
त्यसैगरी बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्नसक्नेछन् ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।













