विश्व प्रसिद्ध लेखक ज्याक लण्डनको उपन्यास “महसुर ह्वाइटफ्याङ” नेपाली भाषामा प्रकाशित
ज्याक लण्डनको उपन्यास महसुर ह्वाइटफ्याङ नेपाली भाषामा प्रकाशित भएको छ। उनको जन्म सन् १८७६ मा अमेरिकाको सनफ्रान्सिस्कोमा भएको थियो भने मृत्यु सन् १९१६ मा भएको थियो। ज्याक लण्डन अमेरीकी साहित्यकार, पत्रकार र समाजसेवी थिए। ज्याक लण्डनको “The Call of the Wild, Tales of the North र The Scarlet Plague लगायतका उपन्यासहरु विश्व प्रसिद्ध रहेका छन्। ज्याक लण्डन आफ्नो साहित्यिक कृति मार्फत अन्तर्राष्ट्रिय ख्याती कमाउने पहिलो अमेरिकी लेखक थिए।
महसुर ह्वाइटफ्याङ उपन्यास नेपाली भाषामा प्रकाशमणि दाहालले अनुवाद गरेका हुन्। उनले यसभन्दा पहिला महान् जादुर ओज (The Wizard of Oz) नेपाली भाषामा अनुवाद गरेका थिए।
ह्वाइटफ्याङ एउटा ब्वाँसाको कथा हो। यो कथा उन्नाइसौँ शताब्दीतिर क्यानडाको उत्तरपुर्बि युकोन क्षेत्रबाट सुरु भएर संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिस्कोमा समाप्त हुन्छ।













