७ श्रावण २०८३, बिहिबार

नेपाली काङ्ग्रेस पार्टी कार्यालय स्थापनाका लागि नेता अधिकारीद्वारा ७० हजारको सामाग्री प्रदान



नुवाकोट । नेपाली काङ्ग्रेस पार्टी कार्यलय स्थापनाको लागि नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी “अविरल” ले ७० हजारको सामाग्री हस्तान्तरण गरेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा ५ को काङ्ग्रेस पार्टी कार्यालय स्थापनाका लागिअधिकारीले ७० हजार ६ सय रुपैयाँ बराबरको फर्निचर सहयोग गरेका हुन ।

उनले काठको दराज १ सेट, अफिस टेबुल १ पिस, कुर्शी यु –१० को ३० पिस, चियर नेट १ पिस, कार्पेट११ मिटर, पर्दा २ पिस, डन्डी १ सेट, तौलिया १ पिस, डोरमेट् १ पिस प्रदान गरेका हुन । ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित नेपाली काङ्ग्रेस तारकेश्वर गाउँपालिका वडा ५ को कार्यक्रममा जिल्ला कार्यसमितिको प्रतिनिधि एवं प्रमुख अतिथिको रूपमा सहभागी हुँदाका घोषणा गरेअनुरूप उक्त सहयोग प्रदान गरेका छन् ।

अधिकारीले यसअघि पनि नुवाकोटका विभिन्न गाउँपालिका एवम् नगरपालिकाहरुमा विभिन्न किसिमका सामाजिक सेवा गर्दै आएका छन् । प्राकृतिक प्रकोप एवम् स्वास्थ्य संकटका बेलामात्र होइन नुवाकोटको शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, सडक पहुँच विस्तार तथा महिला तथा बालबालिकाहरुको सशक्तीकरणमा पनि ठुलो सहयोग गर्दै आएका छ्न ।

नेपाली काङ्ग्रेस तारकेश्वर-५ को पार्टी कार्यालय स्थापनाका लागि नेता अधिकारीद्वारा ७० हजारको सामाग्री प्रदान


प्रतिक्रिया दिनुहोस्