७ श्रावण २०८३, बिहिबार

नुवकोटमा माघ ८ देखि छैठौं झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता हुँदै



काठमाडौं । छैठौं झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता माघ ८ गतेदेखि शुरु हुने भएको छ । ‘जे गरौँ गज्जबले गरौं’ भन्ने नाराका साथ छैठौं झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता नुवाकोटमा हुने भएको हो । उक्त आयोजना बेलकोटगढी नगरपालिका ५ र प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्ने भएको हो ।

झिल्टुङ्ग क्रसकन्ट्री दौड नुवाकोटको बेलकोटगढी नगरपालिका अन्तर्गत ५ कोल्पुटारबाट शुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुदै फेरि कोल्पुटारमा आई समाप्त हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्ची बाटो रहेको छ । जसमध्ये ४.५ किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, छात्र–छात्रालाई मध्येनजर गर्दै ४.५ किलोमिटरको दौड ‘रन फर फन रेस’ का लागि खुल्ला दौड प्रतियोगिता पनि आयोजना गर्ने भएको हो । उक्त दौडमा विशेष आकर्षण स्थानीय आमा समूहको रहनेछ ।

उक्त प्रतियोगिताले क्रसकन्ट्री दौडलाई विकसित गर्ने रहेको दौड संयोजक मोहन नेपालले बताए । विभिन्न रोड रेस, म्याराथन, हाफ म्याराथन जस्ता थुप्रै दौडहरु भईरहेपनि क्रसकन्ट्री दौड भनेर नेपालमा खासै नभएकाले लामो दुरीको दौडलाई सहयोग पुग्ने उनले बताए । नुवाकोट क्षेत्रको आन्तरिक पर्यटनको विकासलाई पनि प्रवर्धन गर्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्