सनराइज बैंकले ल्यायो सनराइज रेमिट मुद्दती खाता
काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्धती खाता संचालनमा ल्याएको छ । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको बैंकले सन्राइज रेमिट मुद्दती खाता ल्याएको हो ।
विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको बैंकले जानकारी गराएको छ । उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको बैंकले जनाएको छ । विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।













