सुनको मुल्य तोलामा ५ सयले घट्यो
काठमाडौं । सुनचाँदीको भाउ नेपाली बजारमा बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २३५ रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन ९२ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।













