७ श्रावण २०८३, बिहिबार

कोरोनाले रोकियो यो बर्षको ‘ग्रामी अवार्ड’



एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको नयाँ लहरले प्रतिष्ठित ’ग्रामी अवार्ड’ स्थगित भएको छ ।

संगीत क्षेत्रको सबैभन्दा ठूलो अवार्ड मानिने ग्रामी अनिश्चितकालका लागि स्थगित भएको हो । यही जनवरी ३१ देखि आयोजना गर्ने तयारी रहेको ग्रामी कोरोनाको त्रासका कारण रोक्नु परेको आयोजकले जनाएको छ ।

अवार्डको लागि केही समय पर्खेर नयाँ मिति सार्वजनिक गर्ने पनि बताइएको छ ।कोरोनाको नयाँ भेरिएन्टले सबैभन्दा प्रभावित देशमध्येमा अमेरिका पनि पर्छ ।

अमेरिकामा दैनिक १० लाखको हाराहारीमा संक्रमित थपिने गरेका छन् । सन् १९५९ देखि द रेकर्डिङ एकेडेमीले वितरण गर्दै आएको ग्रामीको ६४ औँ संस्करण अमेरिकाको लस एन्जलसमा गर्ने तयारी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्