७ श्रावण २०८३, बिहिबार

सुनको मुल्य तोलामा ७ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्