७ श्रावण २०८३, बिहिबार

इन्टेरियर डिजाइनर्सको बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । शनिबार इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपालको बार्षिक साधारण सभा काठमाडौं स्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइनर्स क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाई राखेकी थिइन। कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनर्सको उत्थान र प्रगतिको निम्ति लागि पर्ने र इन्टरटेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली ,सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको प्रोडेक्टिभिटीसंग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकार ले पनि नीति नियम बनाउदा इन्टरटेरियर डिजाइन सम्बन्धि बिषय बस्तु पनि समग्रमा समावेश गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्