बैंक तथा बित्तीय संस्थामा २५ जना भन्दा बढी भिड गर्न नपाइने !
काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले मिनि लकडाउन लगाएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला नगर्न निर्देशन दिएको छ ।
यो निर्णय गरेसङ्गै अब बैंक तथा बित्तीय संस्थाले २५ जना भन्दा धेरै सेवा लिने ब्यक्ति नगराउनु पर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अब एकै साथ २५ जना भन्दा बढी उपस्थित हुन नपाउने भएका छन।
त्यस्तै सरक माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।












