सिन्धु विकास बैंकको सीईओमा राम कुमार गिरी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको सीईओमा गिरी नियुक्त भएका छन् । बैंकको सञ्चालक समतिकिो बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राम कुमार गिरी नियुक्त गरेको हो । गिरीलाई पौष २६ गते सोमबारदेखि लागुहुने गरी सीईओमा नियुक्त गरेको हो ।
गिरीले नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायत कम्युनिटी विकास बैंकमा सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । एक्सल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा काम गरेका थिए ।
सिन्धु विकास बैंकले गत चैत २ गतेदेखि लागु हुने गरी गिरिलाई डेपुटी सीईओ पदमा नियुक्त गरेको थियो । गिरीसँग २२ बर्ष बैंकिङ गरेको अनुभव छ । सिन्धु विकास बैंक सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंक हो ।
यसअघि बैंकका सीईओ रमेश कुमार जोशीले दिएको राजीनामा असोज १३ गते बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजीनामा कात्तिक १ गतेदेखि लागूहुने गरी स्वीकृत गरिएको थियो ।













