शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा
काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको बिजि मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो ।
शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना रहेको जानकारी दिएको छ ।
“यी नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनेछन् र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनेछन् शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने ।














