७ श्रावण २०८३, बिहिबार

संविधानको मर्मविपरित भए ऐन संशोधन गर्न तयार छु : सहकारी मन्त्री




काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशीश्रेष्ठले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र ऐन संशोधन नहुने बताएका छिन् । उनले संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्त अनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको बताएकी छन् ।

राष्ट्रिय सहकारी महासघको २९ औं बार्षिक साधारण सभाको मंगलबार उद्घाटन गर्दै उनले भने,‘कुनै ऐन संविधानसँग बाँझिने खालको छ भनेर परिकल्पना गर्न सकिदैन । यदि त्यस्तो छ भने ऐन संशोधनका लागि म तयार छु ।’ मुलुक अध्यादेशबाट चलाउने स्थिति सिर्जना हुन दिनु नहुने समेत बताए । उनले सहकारीलाई मर्यादित र सुशासित रपमा संचालन गराउनका लागि नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्ने बताए ।

उनले कोभिड १९को महामारीको कठिन परिस्थितिमा सहकारीले खेलेको भूमिको प्रशंसा समेत गरेको छ । ‘तिव्र आर्थिक बृद्धि हासिल गर्न, शोषण रहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन बृद्धि गर्दै मुल्य शृखलामा सहकारीको योगदान हुने देख्छु,’ उनले बताईन् ।

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ५ प्रतिशत र वित्तिय क्षेत्रमा करिब १७ प्रतिशत भन्दा माथि रहेको बताइन् । उनले ४ दर्जन बढी अन्तरसम्बन्धित ऐनहर संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी शुसासन र स्वनियममा केन्द्रीय संघहरुलाई समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले महासंघको समेत भूमिका आवश्यक रहेको औल्याएका छिन् ।

उद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशब बडाल, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले महासंघको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वित्तिय अवस्थाको विषयमा जानकारी गराएको थियो । साधारण सभाले १० बर्षे रणनीतिक योजना स्वीकृत गरेको छ । त्यसैगरी महासंघको विधान समेत संशोधन गरिएको छ ।

नेपालमा चितवनको बखनापुर ऋण सहकारी समितिको स्थापना भई वि.स. २०१३ साल चैत २० गते शुरु भएको नेपालको सहकारी अभियान अहिले ६५ औं बर्षको यात्रामा छ । हाल सहकारी संस्थाहरुको संख्या २९ हजार ८ सय ८६, शेयर सदस्य ७३ लाख ७ हजार ४ सय ६२ र शेयर पूँजी ९४ अर्ब १० करोड रहेको छ । ४ खर्ब ७७ अर्ब ९६ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब २६ करोड ऋण परिचालन भएको छ । ८८ हजार ३ सय ९ प्रत्यक्ष रोजगारी र करिब १० लाख व्यक्तिहरुलाई अप्रत्यक्ष रुपमा स्वरोजगार बनाएको छ । देशभरि १९ वटा विषगत केन्द्रीय सहकारी संघ, ७० वटा जिल्ला सहकारी संघ २५६ विषयगत जिल्ला सहकारी संघ सहकारी अभियान क्रियाशिल रहेका छन् । प्रदेश स्तरीय सहकारीहरु र व्यवसायीक प्रकिृतिका विशिष्टकृत सहकारी संघहरु समेत स्थापना भैरहेका छन् ।

सुब्बाको सहकारीमा २५ बर्ष भोगाई र अनुभूति पुस्तक विमोचन

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ बर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ । महासंघको २९ औं बार्षिक साधराण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण शशि श्रेष्ठले पुस्तक विमोचन गरेको थियो । कुमाङ्ग सुब्बाले प्रकाशन गर्नुभएको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ बर्षे यात्रा समेटिएको छ ।

पुस्तकका लेखक सुब्बाले सो पुस्तक विक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यताले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउनुभयो । उहाँले महासंघको पहिलो महाप्रबन्धक नियुक्ति हुनु अघि उनले भोग्नु परेको चुनौतीलाई उनले रचनात्मक ढंगले प्रस्तुत गरेको छ ।

‘सहकारी अभियानको विकासक्रमको साक्षी हुँ । नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो । एउटा अभिायनले कसरी सर्वसाधारणको जीवन बदल्यो ? पुस्तकमा समेट्ने कोशिस गरेको छु,’ सुब्बाले बताएको छ ।

‘म अभियानको एउटा प्रमुख साझेदार हु । सहकारी अभियानले मलाई बदल्यो, मैले आफै सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे । यो अभियानले देश बदल्न छ भन्ने मलाई विश्वास जागेको छ ।’ उनले पुस्तकको विषयमा बताएको छ ।

नेपालको सहकारी अभियानले कसरी चुलो चौकोमा सीमित महिलालाई परिवार, समाज हुँदै राजनीतिक मुल प्रवाहमा जोड्यो भन्ने प्रसंग पनि पुस्तकमा छ । ‘चुरापोतेका लागि पतिको मुख ताक्ने महिलाहरुलार्य कसरी घरको अर्थतन्त्रको मियाको रुपमा स्थापित ग¥यो । म यी कथाहरुको श्रृखला बोकेर आएकी छु ।’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्