३ दिन सार्वजनिक बिदा
काठमाडौं । कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका ?पमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकामा थारू बाहुल्यता रहेकोले १ माघदेखि नयाँ वर्षका ?पमा मनाउने हुँदा ३ न दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार पौष ३० पुस गतेदेखि माघ २ गतेसम्म सार्वजनिक बिदा दिइएको छ ।













