सुनको मुल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा बुधबार तोलामा चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।













