७ श्रावण २०८३, बिहिबार

सुनचाँदीको भाउ बढ्यो



काठमाडौ । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेको छ । हिजो विहिबार ५ सय रुपैयाँले बढेको सुन यस दिन २ सय र चाँदी ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन ९२ हजार २ सय र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहिबार छापावाला सुन ९२ हजार ५ सय र तेजावि सुन ९२ हजार र चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्