७ श्रावण २०८३, बिहिबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले माघ २७ गते ४ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कोरोना संक्रमण बढेकोले साधारण सभा भर्चुखल माध्यमबाट गर्ने कम्पनिले जनाएको छ । सभा इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब गर्ने लगायतका प्रस्ताव रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पशे हुने छ ।


प्रतिक्रिया दिनुहोस्