सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?
काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज सोमबार सनचाँदीको भाउ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३ सय र चाँदी १० रुपैयाँले ओरालो लागेको छ । आज सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ४ सय तेजावि सुन ९१ हजार ९ सय र चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७ सय तेजावि सुन ९२ हजार २ सय र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।














