७ श्रावण २०८३, बिहिबार

एन आई सी एशिया बैंक र वल्र्ड रेमीट बीच सम्झौता, मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने



काठमाडौं । एन आई सी एशिया बैंक र वल्र्ड रेमीट बीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने सम्झौता भएको छ । सम्झौता भएसंगै
विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा वल्र्ड रेमीट बाट तुरुन्त रकम पठाउन सकिने गरी बैंकले जनाएको छ ।

यो सम्झौता भएसंगै मलेसियामा बस्दै आएका नेपाली महानुभावहरूले बिना झन्झट वल्र्ड रेमीट एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त पैसा सक्नेछन् ।

यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत गरेको छ ।

नेपालीहरूले वल्र्ड रेमिट एपका अलावा यसको वेबसाइट https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउनसक्नेछन् । साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था गरेको बैकले जनाएको छ।

एन आई सी एशिया बैंकले देशभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्