७ श्रावण २०८३, बिहिबार

नेपालद्धारा अफगानिस्तानलाई राहत सामग्री हस्तान्तरण



काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाली टोली सहयोग लिएर आइतबार काबुल प्रस्थान गरेको थियो । नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फ्लाइट नं एच ए.५९३१ बाट आइतबार बिहान काबुल प्रस्थान गरेको थियो । नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत सामग्री लिएर नेपाली टोली अफगानिस्तानतर्फ गएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरेका थिए । लम्सालको नेतृत्वमा १५ जनाको डेलिगेसन टिममा १७ जना र ९ जना क्रुसहित २६ जनाको टोली छ । टोली आजै स्वदेश फर्किनेछ ।


प्रतिक्रिया दिनुहोस्